केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्से १४ अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२८, आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अङ्कले बढेको छ । आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये दुई समूहबाहेक सबै समूहमा सुधार आएको छ । समग्र नेप्से दोहोरो अङ्कले बढे पनि उत्पादनमूलक ९५ दशमलव ७३ र जलविद्युत् ४ दशमलव ९ अङ्कले घटेको हो ।

वृद्धि भएकामध्ये सबैभन्दा बढी निर्जीवन बिमा ८५ दशमलव ९, जीवन बिमा ५९ दशलमव ७८, होटल ५५ दशलमव ३४ र बैङ्किङ १६ दशमलव ७९ अङ्कले बढेको छ । यस्तै विकास बैङ्क १६ दशमलव १५ तथा लघुवित्त १२ दशमलव ८४ बढेको छ भने अन्य समूहमा सामान्य सुधार आएको छ ।

१४ दशमलव १५ अङ्कले बढेको नेप्सेमा आज १ सय ५८ कम्पनीका ४ हजार ५ सय ३० कारोबारबाट १० लाख १६ हजार ४ सय ६० कित्ता सेयर किनबेच भई २६ करोड ९९ लाख १३ हजार ७ सय २९ रुपैयाँबराबरको कारोबार भएको छ, जुन बिहीबारको कारोबार रकमको तुलनामा १ करोड बढी हो ।

प्रकाशित : 14 October, 2018

प्रतिक्रिया दिनुहोस्