केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दशैँको टिका लगाउने साइत आज बिहान ९ बजेर ५१ मिनेटमा

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२, आज विजयादशमी, टिका जमरा लगाएर मनाँइन्छ । आजको दिन टिका लगाउन उपयुक्त साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । आजको दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ ।

भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

प्रकाशित : 19 October, 2018

प्रतिक्रिया दिनुहोस्