केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टीकाको दोस्रो दिन आज पनि टीकाको चहलपह जारी

सहयात्रा टिभी

काठमाण्डौं । असोज–३, आज एकादशी अर्थात बडादशैँको टिकाको दोस्रो दिन, आज पनि गाउँघर लगायत शहरबजारमा पनि टिकाको चहपहल जारी रहेको देख्न सकिन्छ ।

आज पनि आफन्तको घरमा गई आफू भन्दा ठूलाका हातबाट टीका थाप्न जानेको विहानैदेखि भिडभाड छ । हिजो टीका लगाउन छुटेकाहरुले दशैँको पूर्णिमासम्मनै आफन्त र मान्यजनको हातबाट टिका लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा दशैँमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

प्रकाशित : 20 October, 2018

प्रतिक्रिया दिनुहोस्