एक दिनमा एक किलो तौल घट्छ, अपनाउनुस यस्तो उपाय

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–९, तौल बढेपछि आफुलाई नराम्रो देखिएला, विभिन्न रोगहरुले सताउला भन्ने पिर सबैमा पर्नु स्वभाविक हो । मोटा मानिसहरुले आफ्नो तौल कम गर्न अनेक उपाय अपनाउने गर्छन् । खाना नखाने, कम खाने, दौडने, विभिन्न प्रकारका औषधि सेवन गर्ने आदि । तर कुनै उपायले काम नगरेपछि वाक्क भएर बस्नेहरु पनि प्रशस्तै छन् हाम्रा वरपर । तर एक दिनमा एक किलो तौल कम गर्ने उपाय छन्, जसको अवलम्बनले कुनै पछुतो हुने छैन् ।

यस विधि अनुसार तौल कम गर्न चाहने व्यक्तिले पनिर र कुखुराको अण्डालाई प्राथमिकता दिनु पर्छ । चिया कफिको सट्टामा ग्रिन टिको सेवन गर्नु पर्ने हुन्छ । टा खानेकुरा खानुपर्छ । पनिर र अण्डा । यसका साथै ग्रिन टी पनि पिउनसक्नुहुन्छ । यो निकै सजिलो डाइट प्लान हो जसलाई जसले पनि फलो गर्न सक्छन् । यो डाइट प्लानमा भोको पनि बस्नुपर्दैन । यो एक हाई प्रोटिन र लो फ्याट कार्ब डाइट प्लान हो जसका कारण यसले शरिरको अतिरिक्त बोसो पगाल्न सहयोग गर्दछ ।

यो डाइटमा खाएका खानेकुरालाई पचाउन पनि शरिरको क्यालोरी खर्च हुन्छ जसले तौल कम गर्दछ । यदि पाचन क्रिया ठिक छ भने यो डाइटले १ देखि १.५ किलो तौल एकैदिनमा कम गरिदिन्छ ।

यो डाइटलाई महिनामा दुईपटक मात्र अनुसरण गर्न सकिन्छ । यस विधि अनुसार ब्रेकफास्टमा दुई सय ग्राम पनिर खानु पर्ने हुन्छ । काँचो पनिरलाई स्लाइस गरेर काट्ने र त्यसमा बिरे नुन, कागती र मरिच हालेर खानुपर्छ । साथै ग्रिन टी पनि खानुपर्छ ।

लञ्चमा तीनवटा उमालेको अण्डा खानुपर्छ । यसलाई अचार वा नुनसँग खान सकिन्छ । योसँग पनि ग्रिन टी वा कालो चिया पिउन सकिन्छ ।

साँझको ब्रेकफास्टमा चिया र ब्रेकफास्टमा जति पनिर खाइएको थियो त्यति नै खानुपर्छ । पनिरको साटो टोफू पनि खान सकिन्छ । यसलाई पनि अचार वा नुन मिसाएर खान सकिन्छ ।डिनरमा पुनः तीनवटा उमालेको अण्डा खानुपर्छ । डाइट फलो गर्दा भोक लाग्यो भने गोलभेडा र काँक्रोको सलाद पनि खान सकिनेछ ।

प्रकाशित : 26 October, 2018

प्रतिक्रिया दिनुहोस्