केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यो साता नेप्से स्थिर, करिब १ अर्बको कारोबार

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–९, यस साता प्रभु बैङ्कको सबैभन्दा बढी कारोबार हुँदा नेप्से परिसूचक स्थिर रहेको छ । गत साताको अन्तिम दिन असोज २९ गतेको तुलनामा यस साता सेयर बजार स्थिर रहेको हो ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक स्थिर रहे पनि सातामा १ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । यो साता प्रभु बैङ्कको सेयर पाँचै दिन सबैभन्दा बढी कारोबार भएको छ ।

गत साताको अन्तिम दिन असोज २९ गते १ हजार २ सय ४१ दशलमव ६३ अङ्कमा कायम भएको बजार यस साता दुई दिन वृद्धि तथा तीन दिन घट्दै १ हजार २ सय ४१ दशमलव ११ अङ्क कायम भएको छ ।

यस साता नेप्से परिसूचक शून्य दशमलव ५२ अङ्कले ओरालो लागेको हो । यो साताका पाँचै दिन कारोबार खुला रहेको बजारमा आइतबार र बुधबार बजार बढ्नु बाहेक तीन दिन घटेको छ ।

आइतबार ४ अङ्कले बढेको नेप्से बुधबार अन्तिम १ घन्टामा करिब ८ अङ्कले बढेको थियो । त्यसबाहेक सोमबार, मङ्गलबार लगातार घटेको बजार अन्तिम दिन बिहीबार ९ अङ्कले ओरालो लाग्यो ।

नेप्सेमा साताको पहिलो दिन आइतबार १४ करोड ५ लाख, सोमबार १६ करोड ९८ लाख, मङ्गलबार १९ करोड ८७ लाख, बुधबार २३ करोड २८ लाख र बिहीबार २७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित : 26 October, 2018

प्रतिक्रिया दिनुहोस्