आजको राशिफल
काठमाण्डौं । कात्तिक–१०,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विवादास्पद काममा जुट्नुपर्ला। केहि झमेला हुने हुँदा सोचेको काममा बाधा देखिन सक्छ । शुभचिन्तकहरुको साथ पाइनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक यात्राको लागी राम्रो दिन रहेको छ । सञ्चित धन खर्च हुनेछ । अध्ययनमा खास्सै मन नजाला । मायाप्रेमको मामिलामा केहि बाधा देखिन सक्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
देश–विदेशको यात्रा गर्ने ग्रहयोग छ। दाजुभाईको सम्बन्ध गाढा हुनेछ । साथीभाईको सहयोगले काम पुरा हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
व्यापार व्यवसायमा राम्रो आम्दानि हुनेछ । काममा सफलता मिल्नेछ । शिक्षा क्षेत्रबाट राम्रै नतिजा हात पर्ने योग छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले पनि साथ दिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। चिताएको काम बन्नेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूले साथ दिनेछन् र चिताएको लाभ उठाउन सकिनेछ। स्वास्थ्यमा केहि समस्या देखिन सक्छ । खानपानमा ध्यान दिनुहोला ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्वास्थ्य कमजोर रहनेछ । यात्राको अवसर प्राप्त हुनेछ । यात्रा गर्दा विशेष ध्यान दिनुहोला, चोटपटक लाग्न सक्ने योग छ । सन्तानबाट खुसीको खबर सुन्न पाइनेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँगको भेटघाटले काममा उत्साह बढ्नेछ। वादविवादमा सामेल हुनुपर्ला, सतर्क रहनु होला । गोप्य योजनाहरु सार्वजनिक नगर्नुहोला ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। खर्च बढ्नेछ । चिताएको काम सफल हुनेछ । अध्ययनमा मन जाला ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। घरेलु समस्यामा अलि सावधान रहनुहोला।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
साइनो गाँस्नेहरूले समस्या निम्त्याउने छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। नयाँ कामको थालनि हुने योग छ । व्यवसायबाट राम्रो आम्दानि हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। दाजुभाईको सहयोग मिल्नेछ । समय अनुकुल छ । प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जानेछ ।