अमेरिकामा बन्दुकधारीद्वारा ११ जनाको हत्या

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–११, अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् । ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा स्थानीय समय अनुसार शनिवार प्रार्थना भइरहँदा ती बन्दुकधारीले गोली चलाइ ११ जनाको हत्या गरेका हुन् ।

अमेरिकी संचार माध्यमहरुका अनुसार ४६ वर्षीय रोबर्ट वोअर्सले सबै यहुदीहरु मर्नु पर्छ भन्दै गोली चलाएका थिए ।

प्रहरीले बन्धुकधारीलाई घाइते अवस्थामा पक्राउ गरेको छ । उनीमाथि फौजदारी अभियोगसँग सम्बन्धित २९ वटा मुद्दा दर्ता गरिएको छ । सङ्घीय अभियोजनकर्ताहरुले निशृंश हत्यामा संलग्न रोबर्टमाथि लगाइएका मुद्दाका आधारमा मृत्युदण्ड समेत हुनसक्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणमाथि गोली चलाएर भएको आमहत्याको भत्र्सना गरेका छन् । इलेनोइसमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यहुदी प्रार्थनाघरमा भएको आमहत्या हामी सबैमाथि भएको जघन्य अपराध रहेको बताए ।

प्रकाशित : 28 October, 2018

प्रतिक्रिया दिनुहोस्