कात्तिक महिनामा झुक्किएर पनि यी नियम नतोड्नु होला

काठमाण्डौं । कात्तिक–११, कार्तिक शुक्लपक्षको नियमको बारेमा भगवान नारायणले ब्रम्हालाई, ब्रम्हाले नारदलाई र नारदले महाराज पृथुलाई बताएको धर्मग्रन्थहरुमा पाइन्छ । उक्त धर्मग्रन्थ अनुसार कात्र्तिक महिनामा केहि नियमहरु अपनाउनु पर्ने बताइएको छ ।
ती नियमहरु यस प्रकार छन् :
१) तुलसी पूजा
हरेक दिन तुलसिको जल सेवन र पुजा गर्नु राम्रो मानिन्छ तर कार्तिक शुक्लपक्षमा तुलसी पुजाको महत्व धेरै गुणा अधिक हुने मानिन्छ ।
२) तेल लगाउन नहुने
कार्तिक शुक्लपक्षमा एक पटक हरिबोधनीे एकादशीका दिनमात्र शरीरमा तेल लगाउने गरिन्छ । अन्य दिन तेल लगाउन बर्जित गरीएको छ ।
३) दीपदान
कार्तिक शुक्लपक्षमा सबै भन्दा प्रमुख कार्य दीपदानलाई मानिन्छ । यस महिनामा नदी, तलाउ, आदिमा दीपदान गर्नाले पुन्य प्राप्त हुने विश्वास रहेको छ ।
४) ब्रमचर्य पालना
कार्तिक शुक्लपक्षमा ब्रतालुको लागी ब्रमचर्य अर्थात शारीरिक सम्बन्ध राख्नु राम्रो मानिदैँन ।
५) जमीनमा सुत्नु
यस महिनामा भूमिमा सुत्नु प्रमुख कार्य मानिन्छ । भूमिमा सुत्दा मनमा सात्विक भाव आउने र अन्य विकार समाप्त हुने मान्यता छ ।