केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१२,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसरका साथ साथै चुनौतिहरु देखापर्ने छन् । सहयोगीहरु नै प्रतिस्पर्धीको रुपमा देखापर्न सक्छन् । मेहनेतले काममा सफलता मिल्ने छ । दिन सामान्य ढङ्गबाट वित्नेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
अवसर प्राप्त भए पनि अरूको भनाइमा लाग्दा काम बिग्रन सक्छ। खर्च बढ्ने संकेत देखिएको छ । प्रेम सम्बन्ध कसिलो हुँदै जानेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौती पन्छाउँदै समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। सोचेको काम पुरा हुनेछ । मित्रजनहरुको सहयोगबाट काम पुरा हुनुको साथै मनमा हर्ष समेत छाउनेछ । पारिवारिक सम्बन्ध मजबुत बन्दै जाने देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो फाइदा हुने काममा जुट्न सकिनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानि हुनेछ । दाजुभाईको सहयोग पाइनेछ । प्रेमीप्रेमीकासँगको सम्बन्धमा भने केहि समस्या देखिन सक्छ, सतर्क रहनुहोला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो प्रशंसा सुन्न पाइनेछ । सन्तानबाट खुसीको खबर सुन्न पाइएला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राजनीति तथा नोकरीमा केही चुनौती सामना गर्नुपर्ला। प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। मनमा हर्ष बढ्नेछ । सोचेका कामहरु क्रमश बन्दै जानेछन् ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय अनुकुल हुनेहुँदा समस्याहरु समाधान हुँदै जानेछन् । साथीभाइहरुको साथ र सहयोग मिल्नेछ । विदेश जानेहरुको लागी वैदेशिक यात्राको राम्रो साहित दखिएको छ । पारिवारिक जमघटमा रमाउने अवसर समेत मिल्न सक्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रिय व्यक्तिसँगको भेटघाटले मन हर्षित हुनेछ । केहि विवादास्पद विषयमा पर्न सकिनेछ । बोलिव्यवहारमा केहि ध्यान दिएर काम गर्नुहोला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
मिहिनेतले जीवनशैलीमा समेत परिवर्तन ल्याउन सकिनेछ। हिम्मतले काम पुरा गर्न सकिनेछ । परिवारका साथमा रमाइलो यात्रा गर्ने अवसर छ । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिस्पर्धीहरूले भने विभिन्न अवरोध सिर्जना गर्नेछन्। अध्ययनको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनका लागी समय दिन सकिने छैन् । मिहिनेतले गुमेको प्रतिष्ठा पुन प्राप्त गर्न सकिनेछ । लामो समयपछि पुरानो घनिष्ठ मित्रसँग भेट हुनेछ । मिष्ठान्न भोजनको योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
पारिवारिक असमझदारीले केही समस्या निम्त्याए पनि आँटले महत्वाकांक्षा पूरा हुनेछ। दाजुभाई दिदिबहिनीको सम्बन्ध सुमधुर बन्दै जानेछ । खर्च हुने सम्भावना छ । स्वास्थ्यको ख्याल गर्नुपर्ला ।

प्रकाशित : 29 October, 2018

प्रतिक्रिया दिनुहोस्