प्रिमियर लिग : चेल्सी र म्यानचेष्टर युनाइटेड विजयी

काठमाण्डौं । कात्तिक–१२, प्रिमियर लिगमा आइतवार भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेड विजयी भएका छन्। लण्डन क्लब चेल्सीले बर्नलीलाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो।
चेल्सीका लागि अल्भारो मोराटा, रोस बार्कले, विलियन र रुवेन लोफ्टस चिकले गोल गरे। आर्सनल भने बराबरीमा रोकिएको छ। जितपछि १० खेलबाट २४ अंक जोडेको चेल्सी अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ।
समान खेलबाट २६ अंक जोडेको लिभरपुल पहिलो स्थानमा छ भने एक खेल कम खेलेको सिटी २३ अंकका साथ तेस्रो स्थानमा छ।
अर्को लण्डन क्लब आर्सनलले भने लगातार सात खेल जितेपछि प्रिमियर लिगमा पहिलो बराबरी खेलेको छ। आर्सनललाई क्रिस्टल प्यालेसले २-२ को बराबरीमा रोकेको हो । आर्सनलका लागि ग्राइन्ट जाका र पिएरे एमरिक औवामेयाङले गोल गरे। प्यालेसका लागि लुका मोलिभिजेभिचले दुवै गोल गरे।
बराबरीपछि १० खेलबाट २२ अंक जोडेको आर्सनल चौथो स्थानमा छ। यस्तै म्यानचेष्टर युनाइटेड एभरटनलाई २-१ ले पराजित गर्दै आठौँ स्थानमा उक्लेको छ । युनाइटेडका लागि पउल पोग्वा र एन्टोनी मार्सिएलले एक एक गोल गरे। एभरटनका लागि गिल्फी सिगुरसनले पेनाल्टीमा एक गोल फर्काए।