केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से १० अङ्कले घटेसँगै कारोबार पनि खुम्चियो

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१२, सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार १० दशमलव ९९ अङ्कले घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । १ हजार २ सय २७ दशमलव ४९ अङ्कबाट सुरु भएको बजार १० अङ्कले घटेपछि १ हजार २ सय १७ दशमलव ३५ अङ्क कायम भएको छ ।

आज नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार ५ सय ३२ कारोबारबाट ९ लाख ८७ हजार सेयर खरिद बिक्री भई २४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कारोबार भएका सबै समूह ओरालो लागेपछि परिसूचक दोहोरो अङ्कले घटेको हो । व्यापार समूहको कारोबार नभएको दिन आज कारोबार भएका १० समूह नै ओरालो लागेका हुन् ।

सबैभन्दा बढी निर्जीवन बिमा ७६ दशमलव ५५, होटल ४८ दशमलव ७६, जीवन बिमा १७ दशमलव ०७, जलविद्युत् ११ दशमलव ९६, विकास बैङ्क ११ दशमलव ०४ अङ्कले घटेको छ । यस्तै बैङ्किङ ८ दशमलव ६८ अङ्कले ओरालो लागेको छ भने अरु समूहमा एक अङ्कको गिरावट आएको छ ।

प्रकाशित : 29 October, 2018

प्रतिक्रिया दिनुहोस्