प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : हाल खतरामुक्त
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–१२, अचानक स्वास्थ्यमा समस्या आएपछि सोमबार विहानदेखि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।
छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा हाल सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले उहांको ज्वरो नियन्त्रणमा आएको छ भने सास फेर्न पनि सहज भएको छ ।
चिकित्सका अनुसार अहिले प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा नियन्त्रणमा आएको छ भने सास फेर्न पनि सहज हुँदै गएको अस्पताल स्रोतले जनाएको छ ।