केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पत्निको बलात्कार गरेको आरोपमा पति पक्राउ

सहयात्रा टिभी

कञ्चनपुर । कात्तिक–१३, कञ्चनपुरमा एक महिलाले आफ्नै पतिविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् । सोमबार भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले पति डम्बर जोशीविरुद्व जबरजस्ती करणी मुद्दा दर्ता गराएकी प्रहरीले जनाएको छ ।

पतिले आफ्नो इच्छाविपरित यौनसम्पर्क राखेको भन्दै मञ्जुले मुद्दा दिएकी कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

मुद्दा दर्ता भएपछि सोमबार नै प्रहरीले मञ्जुका पति डम्बरलाई पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थपेर कारबाही अघि बढाइएको डीएसपी ओझाले जानकारी दिए । प्रहरीले घट्नाबारे अनुसन्धान सुरु गरेको समेत जनाएको छ ।

प्रहरीका अनुसार जोसी दम्पति डेढ वर्ष अघि वैवाहिक सम्बन्धमा बाँधिएका थिए । भदौं १ गतेदेखि लागू नयाँ कानुन अनुसार वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कैदको व्यवस्था छ ।

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्