१४ र १५ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै, याद गर्नुस् छुट्लान आफ्ना बच्चा
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–१३, बालबालिकाहरुका लागी १४ र १५ गते देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था या वितरण केन्द्रमा आफूलाई पायक पर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खवाउन लैजान आग्रह गरेको छ।