क्याटवाकमा विरालो उत्रिएपछि

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१३, क्याटवाक भन्नाले मोडलहरु र्याम्पमा उत्रिएर खुट्टा बंग्याउँदै हिड्नु भन्ने बुझिन्छ ।

हालै टर्कीमा वास्तविक क्याटवाक अर्थात विरालो र्याम्पमा उत्रिएको पाइएको छ । टर्कीको स्तानबुलमा एक फेसन शो का क्रममा वास्तविक क्याटवाक भएको हो ।

र्‍याम्पमा मोडलहरुले क्याटवाक गरिरहेको बेला अचानक एउटा बिरालो स्टेजमा देखा पर्‍यो। बिरालोले स्टेजमा बसेर अनौठो हर्कत गरिरहेको थियो ।

एकपछि अर्को गर्दै मोडेलहरु क्याटवाक गरिरहेका थिए । तर बिरालोलाई कुनै मतलब थिएन । जिउ कन्याइरहेको थियो । केहीबेरपछि बिरालो उठ्यो र स्टेजमा हिँड्न थाल्यो । मानिसहरु अचम्ममा परिरहेका थिए । आफ्नो अगाडि बिरालो हिँडिरहेको देखेपछि क्याटवाक गरिरहेकी मोडेल पनि अचम्ममा परिन् र हाँस्न थालिन् ।

बिरालोले ती मोडेललाई झम्टिने प्रयास गर्‍यो, तर सकेन । पुनः स्टेजमा अगाडि बढ्यो ।हाल बिरालोले र्याम्पमा क्याटवाक गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्