नेपालमा पाइपबाट तेल आउन तीन महिना बाँकी

वीरगञ्ज । कात्तिक–१५, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएको छ । परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये अब १७ दशमलव २ किलोमिटर पाइप ओछ्याउन बाँकी छ ।
तीव्रगतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महिनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने सो कार्यालय सिमराका इञ्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अन्य बाधा अवरोध नभए तीन महिनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउनेछ ।
नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३५० करोड भारतीय लगानी गरेको बताइएको छ ।