कस्तो सपना देख्दा के हुन्छ ? थाहा पाइराख्नुस् !!
काठमाण्डौँ । कात्तिक–१५, मानिसहरु निदाएको समयमा विभिन्न प्रकारका सपनाहरु देख्ने गर्छन् । सपना भन्ने कुरा कसैको पनि नियन्त्रणमा हुँदैन् । निदाएको समयमा देखिने सपना आफुले चाहे जस्तो नभएर आँफै देखिने हुँदा, उक्त सपनाप्रति मानिसहरुले अनेक अड्कल काट्ने गर्छन् । आफुले देखेको सपना अनुसार वास्तविक विपनामा राम्रो हुने वा खराब हुने संकेतबारे मानिसहरु लख काट्ने गर्छन् । आजभोलीका मानिसहरुले सपनाले वास्तविक जीवनमा प्रभाव पार्छ वा केहि अर्थ राख्छ भन्ने कुरालाई परम्परागत भन्ने गरेको पनि पाइन्छ तर केहि शोधकर्ताहरुले भने सपनाले वास्तविक जीवनमा अर्थ राख्ने कुराको विश्लेषण पनि गरेका छन् ।
केहि सपना र त्यसका अर्थहरु
मृत्यु भएको सपना देखेमा : मृत्यु भएको सपना देखेमा आफुसँग भएको महत्वपूर्ण कुरा त्याग्नु पर्ने हुन सक्छ । घर सर्नु पर्ने, जागीर छाड्नु पर्ने, आफन्तबाट टाढा हुनु पर्ने, दम्पतिमा सम्बन्धविच्छेद हुने जस्ता सम्भावनाहरु मृत्युको सपनाले बोकेको हुन्छ ।
आफु गर्भवती भएको सपना : आफु गर्भवती भएको सपना देख्नु भनेको आफुभित्र नयाँ उर्जा पलाउनु हो । कुनै पनि नयाँ कामका लागी नयाँ उपाय त्यस्तै नयाँ सकारात्मक सम्भावनाहरुलाई यस सपनाले बोकेको हुन सक्छ ।
घोडा चढेको सपना देखेमा : सपनामा कहिले काँहि घोडा चढेको, घोडामा डौडिएको दृष्य पनि आउने गर्छ । यस्ता सपनाले व्यापार व्यवसायमा आम्दानि हुने, व्यापार बढ्दै जाने संकेत गर्छ ।
उकालो अर्थात पहाड चढेको देखेमा : सपनामा उकालो अथवा पहाड चढेको देखेमा वास्तविक जीवनमा सोचेको काम पुरा हुनेछ । यस्तो सपनाले उन्नति र प्रगतिको संकेत गर्छ ।
अण्डा खाएको सपना देखेमा : सपनामा अण्डा खाएको देखेमा घरमा पुत्र लाम हुनेछ ।
काम वा पढाइ बिग्रिएको सपना देखेमा : काममा ढिला भएको, काम बिग्रिएको, परिक्षा विग्रिएको अथवा परिक्षा दिन ढिला पुगेको जस्ता सपनाहरुले वास्तविक जीवन खतरामुक्त भएको संकेत गर्छ । यस्तो सपनाले काममा कुनै बाधा नहुने समेत संकेत दिन्छ ।
प्रेम गरेको सपना : सपनामा कसैसँग प्रेम भएको देखिएमा वास्तविक जीवन रोमाञ्चक हुँदैन् । आफुले मनमा कुनै कुरा दबाएर राखिएको छ भने यस किसिमको सपना देखिन्छ । यसले विपनामा भने राम्रो नहुने संकेत गर्छ ।
आफ्नो कपाल सेतो देखेमा : सपनामा आफ्नो कपाल सेतो देखेमा आफ्नो आयु बढ्नेछ । यसले आयु लम्बिएको संकेत गर्छ ।
कपाल काटिएको देखेमा : सपनामा कपाल काटिएको देखेमा ऋणबाट मुक्त भइनेछ ।