इएफएल कप : फुलह्याम २–० ले पराजित, म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

एजेन्सी । कात्तिक–१६, म्यानचेष्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ब्राहिम डियाजको दुई गोल मद्दतमा फुलह्यामलाई २-० ले पराजित गर्दै प्रिमियर लिग क्लब सिटीले अन्तिम आठमा स्थान बनाएको हो।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई विजयी बनाउन डियाजले १८औँ र ६५औँ मिनेटमा गोल गरे।
सिटीले अब क्वाटरफाइनलमा लेस्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग खेल्नेछ।