केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुरु भइसक्यो जाडो मौसम, याद गर्नुस के खाने के नखाने

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१८, जाडो मौसम सुरु भइसकेको छ । जाडो मौसममा हामीले आफ्नो स्वास्थ्यको विशेष ख्याल पु¥याउनु पर्ने हुन्छ । जाडो बढेसँगै हामीलाई विहान बेलुका घरबाहिर निस्कन पनि निकै गाह्रो हुन्छ । चिसो मौसममा ज्वरो, रुखा, खोकी लगायतका चिसोका कारणले लाग्ने रोगहरुले हामीलाई तुरुन्तै समात्न सक्छन् । यस्तो समयमा ख्याल गर्न सकिएन भने दिर्घकालिन समस्या समेत देखिन सक्छ ।

त्यसैले जाडो मौसममा लगाउने कपडा देखि खानेकुराहरुमा समेत विशेष ध्यान दिनुपर्छ । शरिरलाई न्यानो बनाइराख्ने किसिमका कपडा लगाउनु यस बेला निकै आवश्यक हुन्छ । त्यसैगरि खानेकुराहरु पनि लामो समय शरिरलाई न्यानो बनाउने, तातो बनाउने, चिसो काटाउने किसिमका खानेकुराहरुको प्रयोग गर्नु पर्छ ।

चिसो मौसममा खानेकुरामा ध्यान दिन सकिएन भने ठूलो समस्या भोग्नुपर्ने हुन सक्छ, त्यसैले समयमा नै होस पु¥याउनु बुद्धिमानि हुन्छ ।

जाडो मौसममा निम्न खानेकुरा खानु उपयुक्त हुन्छ :

–लसुन
चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले शरिरको तापक्रम बढाउन मद्यत गर्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।

–मरिच
कालो मरिच निकै फाइदाजनक हुन्छ । चिसो मौसममा रुघा, खोकी र ज्वरोजस्ता समस्याहरुलाई हटाउन खानामा, चियामा कालो मरिचको प्रयोग गर्नु राम्रो हुन्छ ।

–पालुङ्गो
पालुङ्गोमा निकै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।

–गाजर
चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुपर्छ । यसले शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।

–कोको
काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यसको सट्टा कोको फ्लेभरको चकलेट खाने हो भने फेरि यसले केहि काम गर्दैन ।

–च्याउ
च्याउले इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।

–चिकन सुप
चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरामा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र चिसो र ज्वरोबाट पनि बचाउँछ ।

–अदुवा
चिसो मौसममा अदुवा निकै फाइदाजनक हुन्छ । चिसो लागेमा, रुघाखोकी लागेमा घरमा आमाबुबाले अदुवा पोलेर पनि दिने गर्नुहुन्छ । त्यसैले चिसो मौसममा खानामा, चियामा अदुवा कुटेर हाल्नु अति राम्रो हुन्छ । यसले चिसो काट्न मद्यत गर्छ ।

प्रकाशित : 4 November, 2018

प्रतिक्रिया दिनुहोस्