च्याम्पियन्स लिग : म्यानचेष्टर सिटी र रियल मड्रिडको फराकिलो जित

एजेन्सी । कात्तिक–२२, इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा युक्रेनी क्लब शख्तर डोनट्स्कलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
आफ्नै घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले शख्तर नोनट्स्कलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्रबियल जिससले ह्याट्रिक गोल गरे । डेभिड सिल्भा, रहिम स्ट्रर्लिङ र रियाद महारेजले पनि गोल गर्न सफल भए ।
यस्तै स्पानिस क्लब रियल मड्रिडले भिक्टोरिया प्लेजनलाई ५-० ले हरायो। फराकिलो जितपछि दुबै टोली दोस्रो चरण नजिक पुगेका छन्।
जितपछि चार खेलबाट ९ अंकसहित सिटी शीर्ष स्थानमा छ। होफेनहेइमसँग २-२ गोलको बराबरी खेल्दै ६ अंक जोडेको फ्रेन्च क्लब लियोन दोस्रो स्थानमा छ। होपेनहेइमको ३ तथा साख्तरको २ अंक छ। रियलले प्लेजनलाई उसैको मैदानमा हराउँदा करिम बेन्जामाले दुई गोल गरे। गारेथ बेल, टोनी क्रुस र नाचोले एक-एक गोल थपे। जितपछि चार खेलबाट ९ अंक जोडेको रियल समूह जीमा शीर्ष स्थानमा छ। रियल समान अंक रहेको रोमा गोल अन्तरमा पछि छ।