केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बोक्सी भनि महिला कुटपिट गरेको आरोपमा वडासचिव पक्राउ

सहयात्रा टिभी

बुटवल । कात्तिक–२६, बोक्सीको आरोपमा महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा एक वडासचिव पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

लोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उनकी श्रीमती र छोरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको र जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

यही कात्तिक २१ गते लक्ष्मीपूजाको दिन वडासचिव आचार्यले न्यौपानेलाई घरमा बोलाएर आफ्नी छोरीलाई के भयो भनेर सोध्दा छोरी प्रतिज्ञाले आफूलाई बोक्सिनी आई भन्दै ढोग्न लगाई कुटपिट गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

वडासचिवकी छोरीले उक्त महिलालाई कुटपिट गर्न थालेपछि उनकी श्रीमतिले समेत छोरीलाई साथ दिएकी थिइन् । उक्त घटना भइरहँदा वडा सचिव आचार्य भने चुपचाप रमित हेरिरहेको आरोप लागेको छ ।

प्रकाशित : 12 November, 2018

प्रतिक्रिया दिनुहोस्