छोरी बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबु पक्राउ

सहयात्रा टिभी

बेलबारी । कात्तिक–२६, छोरी बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबु पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका – ५ मा १४ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका हुन् ।

श्रीमती माइत गएको अवस्थामा बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

उनका अनुसार किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि कात्तिक २० गते प्रहरीले युवकलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ ।

बाबुले आफुमाथि बलात्कार गरेको कुरा किशोरिले हजुरआमालाई सुनाएपछि सोहि आधारमा हजुरआमाले किटानी जाहेरी दिएकी थिइन् ।

प्रकाशित : 12 November, 2018

प्रतिक्रिया दिनुहोस्