केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सांसदको गाडीमा ढुङ्गा प्रहार गर्ने पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२७, महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले काठमाण्डौं महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नंको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई आज पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहले सांसद दुलाल गाडीमा हिँडिरहेको अवस्थामा शेर्पाले ढुङ्गा प्रहार गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

ढुङ्गा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ भने सँगै रहेको बा३च ९७१९ नंको गाडीको अगाडिको सिसासमेत फुटेको छ । प्रहरीले शेर्पासँगै बा४४प २७७१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताए ।रासस

प्रकाशित : 13 November, 2018

प्रतिक्रिया दिनुहोस्