डेटिङ जानकै लागी आफ्नो उमेर घटाइ माग्दै अदालतमा निवेदन दिएपछि
एजेन्सी । कात्तिक–२८, डेटिङ जानकै लागी आफ्नो उमेर घटइ माग्दै एक वृद्ध अदालत पुगेका छन् । बढि भन्दा बढि महिलाहरुसँग डेटिङ जानका लागी ६९ वर्षका वृद्धले आफ्नो उमेर घटाएर ४९ वर्ष बनाउन अदालत पुगेका हुन् ।
डेटिङको दुनियामा बढीभन्दा बढी मौका प्राप्त गर्नका लागि आफ्नो उमेर वास्तविक भन्दा २० वर्ष घटाउने उनको इच्छा छ ।
पत्रकार तथा प्रवचकसमेत रहेका एमिल रेटलब्याण्डको वास्तविक जन्ममिति सन् १९४९ मार्च ११ हो । तर, उनी त्यसलाई बदलेर सन् १९६९ को मार्च ११ बनाउन चाहन्छन् ।
डेटिङ साइट टिन्डरमा आफ्नो उमेर ६९ वर्ष रहेको हुँदा आफूलाई डेटिङमा कसैले पनि प्रस्ताव नगर्ने र आफ्नो प्रस्तावको जवाफ पनि कसैले नफर्काउने गरेको उनको गुनासो छ । ४९ वर्ष उमेर भएमा स्थिति निकै राम्रो हुने उनको विश्वास छ ।
अदालतमा उनले दायर गरेको यो अनौठो मुद्दाको सुनुवाई ४ हप्ताभित्रमा पूरा हुनेछ ।