केपी ओली प्रचण्ड माधव नेपाल एमाले


७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

सहयात्रा टिभी

रामपुर । कात्तिक–३०, ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भारत बिहार बेतिया धन्ग्रौल घर भएका रामपुरमा ज्याला मजदुरी गर्दै आएका २२ वर्षका कौशर आलमलाई बालिका बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको हो ।

बिहीबार दिउँसो ४ बजे बालिका बलात्कार गरी फरार रहेका आलमलाई राति ९ बजे रामपुर नगरपालिका–५ स्थित मटेरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भोजराज पाण्डेले जानकारी दिए । घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 16 November, 2018

प्रतिक्रिया दिनुहोस्