आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–४,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा लगानि बढाउनु पर्ला । अवसर प्राप्तिको लागि केहि दौडधुप गर्नुपर्ने देखिन्छ । खर्चमा वृद्धि हुनेछ । रमाइलो यात्रा गर्ने अवसर छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनावश्यक ठाउँमा खर्च गर्नुपर्ला । जिम्मेवारी बढ्नेछ । आफ्नो मेहनेतबाट अरुले फाइदा उठाउन सक्छन्, सतर्क रहनुहोला । प्रिय व्यक्तिको साथ पाइनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवादास्पद जिम्मेवारी बढ्न सक्छ । खर्च बढेपनि कामको शिलशिलामा यात्राको अवसर पाइनुका साथै विशिष्ट व्यक्तिहरुसँग भेट हुनेछ । राम्रो अवसर पाइने योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम र जिम्मेवारी हात पार्न सकिनेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्ने अवसर जुट्नेछ । अध्ययनमा खास्सै समय दिन नसकिएला । साथीभाइहरुको साथ र सहयोगले काममा सजिलै सफलता प्राप्त गर्न सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आलोचकहरुले काममा बाधा निम्त्याउन सक्छन् । उपलब्धि खास्सै देखिएको छैन् । दिन सामान्य रुपमा वित्नेछ । सोचेको जस्तो काम नबन्दा मन खिन्न होला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
विशेष उपहार प्राप्त हुनेछ । सुन्दर व्यक्तित्वबाट अन्यलाई आकर्षित पार्न सकिनेछ । छोटो समयमा राम्रो उपलब्धि हात पार्न सकिनेछ । समय अनुकुल रहनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
साथीभाइहरुको साथ र सहयोगले काम बन्नेछ । स्वास्थ्यमा केहि समस्या देखिएला, खानपानमा सतर्कता अपनाउनु होला । रोकिएको काम दोहो¥याएर गर्नाले सफल भइनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
काममा केहि अलमल हुने देखिन्छ । अध्ययनको क्षेत्रमा राम्रै उपलब्धि हुनेछ । पारिवारिक साथका कारण लक्ष्यमा पुग्न सकिनेछ । मिष्ठान्न भोजनको योग छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा प्रगति हुनेछ । मिहिनेत तथा बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। सोचेको काम पुरा हुनेछ । प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जगाउनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूको भरपर्दा पछि परिनेछ। साइनो गाँस्नेहरूले पनि दुःख दिन सक्छन्। काममा बाधा देखिए पनि काम भने बन्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
मेहनेतले सम्मानित स्थान दिलाउनेछ । आम्दानिमा वृद्धि हुनेछ । शुभचिन्तकहरुको साथ पाइनेछ । दिगो फाइदा हुने काममा हात हाल्ने अवसर प्राप्त होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। सोचेको काम पुरा हुनेछ ।

प्रकाशित : 20 November, 2018

प्रतिक्रिया दिनुहोस्