मालिक मारिएको सडक छेउमा ८० दिनदेखि कुरिरहेको कुकुर

सहयात्रा टिभी

एजेन्सी । मंसिर–४, चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको एक व्यस्त सडकमा एक कुकुर ८० दिनदेखि आफ्नो मालिक कुरिरहेको छ । चीनको भिडियो वेभसाइट पियरमा बताइएअनुसारमा २१ अगस्टमा आफ्नो मालिक सोही स्थानमा मारिएपछि उ प्रत्येक दिन सडकमा देखिएको छ ।

उक्त कुकुरको भिडियो फुटेज चीनको चर्चित सामाजिक सञ्जाल सिना वेइबोमा १४ लाख पटक हेरिसकिएको छ । धेरै मानिसहरुले कुकुरको विषयमा विभिन्न तर्कवितर्कहरु गरिरहेका छन् ।

एक ट्याक्सी ड्राइभर भन्छन्, ‘हामी ड्राइभरहरुले त्यो सानो कुकुरलाई केही न केही खान दिन्थ्यौं, तर हामी गाडिबाट बाहिर निस्कनासाथ त्यो भाग्थ्यो, उसको र मालिकको सम्बन्ध एकदम गहिरो थियो । उनी मारिएपछि उनको यो कुकुर सुरक्षा दिएझैं यहाँ उभिइरहेको छ । प्रत्येक दिन म यसलाई सडक छेउमा उभिरहेको देख्छु । मालिक र कुकुरबीचको सम्बन्ध निक्कै साँचो देखिन्छ,’ । सामाजिक सञ्जालमा देखिएको उक्त कुकुरले धेरैको मन जित्न सफल भएको छ ।

प्रकाशित : 20 November, 2018

प्रतिक्रिया दिनुहोस्