आइफोन किन्न सिक्काले भरिएको बाथटब बोकेर पसल पुगेपछि
सहयात्रा टिभी
एजेन्सी । मंसिर–४, आजभोली मानिसहरु अलिकति महङ्गो सामाग्री किन्नु प¥यो भने पनि क्रेडिट/डेबिट कार्डको प्रयोग गर्छन् । नभए पनि नोटको प्रयोग गर्ने चलन छ ।
रुसमा केहि समय अघि एक युवक आइफोन किन्न पसल पुगेका थिए तर उनीसँग न त क्रेडिट डेबिट कार्ड थियो न त नोट नै । ती युवक सिक्काले भरिएको बाथटब लिएर आइफोन किन्न पसल पुगेका थिए ।
बाथटबमा १ लाख रुसी रुबल (करीब १ लाख ७० हजार रुपैयाँ) थियो । यो उनले एप्पलको आइफोन एक्सएस (२५६ जीबी) किन्नलाई जम्मा गरेका थिए ।
उक्त सिक्का गन्नको लागी कति मेहनेत र कति समय लाग्यो भन्ने कुरा त परकै कुरा हो, सिक्का राखिएको बाथटब उचाल्न समेत निकै मानिसहरु चाहिएको थियो ।
यस्तो झन्झटिलो काम देखेर पसलेले वाक्क मानेर युवकलाई फर्काइदिन पनि सक्थे तर उनले त्यसो गरेनन् बरु सिक्का गन्न तिर लागिपरे ।