केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन

सहयात्रा टिभी

पोखरा । मंसिर–५, पछिल्लो समयमा समाजमा बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा मङ्सिर ९ देखि २४ गतेसम्म प्रदेशका ११ वटै जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने आज पोखरामा बसेको महासङ्घ प्रदेश बैठकले निर्णय गरेको हो । तीन समूहमार्फत मनाङ र मुस्ताङबाट शुरु गरिने सो अभियानअन्तर्गत समाजमा हुने महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिए ।

कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि प्रदेश अध्यक्ष सुवेदीलाई कास्की, स्याङ्जा र तनहुँ, सचिव किशोर सापकोटालाई मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत तथा सदस्य अर्जुन श्रेष्ठलाई मनाङ, लमजुङ र गोरखाको जिम्मा लगाइएको छ । नवलपुरको गौँडाकोटमा सो अभियान सम्पन्न हुनेछ । कार्यक्रममा तीनै तहका महासङ्घका पदाधिकारी तथा केन्द्रीय सदस्य, सरोकारवाला विभिन्न सङ्घसंस्था, कानून व्यवसायी, समाजसेवी, बुद्धिजीवी एवं सञ्चारकर्मी संलग्न रहने बताइएको छ ।रासस

प्रकाशित : 21 November, 2018

प्रतिक्रिया दिनुहोस्