अविवाहित छु तर पनि यौन आनन्द लिइरहेकी छु : अभिनेत्री दीपाश्री निरौला

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–५, अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएतापनि यौन आनन्द लिइरहेको बताएकी छिन् । ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन सोमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आफु यौन आनन्द लिन पछि नपरेको बताएकी हुन् ।

कार्यक्रममा दीपाश्रीले अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन विवाह नै गर्नु पर्ने भन्ने छैन विभिन्न साधनमार्फत पनि यौन सन्तुष्टि लिन सकिने बताएकी छन् ।

उनले भनेकी छन्, ‘‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु । यौन आनन्द प्राप्त गर्न विवाह नै हुनु पर्दैन ।’

कार्यक्रममा दीपाले आफ्नो राजनीतिक धारणाको विषयमा समेत प्रस्ट पारेकी छन् । उनले यो जुनीमा आफु कुनै पार्टीमा नलाग्ने र राजनीतिमा जाने कुनै सोच नै नबनाएको पनि बताएकी छन् ।

प्रकाशित : 21 November, 2018

प्रतिक्रिया दिनुहोस्