केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालगञ्जका अग्रज पत्रकार सिद्दीकीको निधन

सहयात्रा टिभी

राँझा । मंसिर–६, नेपालगञ्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गए राति निधन भएको छ ।

बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष सिद्दीकीको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति ११ बजे निधन भएको हो । सिद्दीकीको अन्तिम संस्कार आज बिहीबार दिउँसो १ बजे स्थानीय कब्रिस्तानमा हुने पारिवारिक स्रोतले जनाएको छ । कलेजो र मिर्गौलामा संक्रमण भएर विगत छ महीनादेखि अस्वस्थ रहँदै आएका उनी दश दिनदेखि अस्पतालमै थिए ।
सिद्दीकीको उपचारका लागि काठमाण्डौँ र भारतको लखनउका अस्पतालमा भर्ना गरिए पनि रोग निको हुनसकेको थिएन । दुई वर्षअघि उनको मुटुको शल्यक्रियासमेत भएको थियो ।

प्रकाशित : 22 November, 2018

प्रतिक्रिया दिनुहोस्