केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–७,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्रोत साधनहरु जुट्नेछन् । दिगो फाइदा हुने काम हातलागी हुनेछ । व्यवसायीक क्षेत्रबाट यात्रा गर्नुपर्ने अवस्था आउन सक्छ । साचेका कामहरु पुरा हुनेछन् ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
परिस्थिति अनुकुल रहनेछ । चिताएका कामहरु बन्दै जानेछन् । साथीभाईहरुको साथ पाउनुको साथै प्रिय व्यक्तिसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । अध्ययनमा खास्सै समय दिन नसकिएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनको क्षेत्रमा सकारात्मक नतिजा देखिनेछ । अवसर प्राप्तीको लागी केहि दौडधुप गर्नुपर्ला । शुभचिन्तकहरुको साथ पाइनेछ । अध्ययनमा मन जाला । प्रतिष्ठा बढ्ने योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुको मन जितेर काम बनाउनु पर्ने अवस्था आउनेछ । लामो यात्रा गर्ने अवसर जुट्ला । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, चिसोबाट बच्नुहोला । मिष्ठान्न भोजनको योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनेतले सफलता दिलाउनेछ । अफ्ट्यारा परिस्थितिहरुको सामना गर्दै अघि बढ्नाले प्रतिष्ठामा वृद्धि हुनेछ । परिवारको साथ पाइनेछ । मित्रता र प्रेम सम्बन्ध कसिदै जाने देखिन्छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरुले साथ दिनेछन् । टाढिएका आफन्तहरुसँग भेट हुने योग छ । प्रेमसम्बन्धमा केहि असमझदारी देखिएपनि साँझसम्म परिस्थिति अनुकुल हुनेछ । शिर्जनात्मक काममा मन जाला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, खानपान र चिसोबाट बच्नुहोला । परिस्थिति केहि प्रतिकुल बन्नेछ । झुटा आरोपले मन खिन्न बनाउनेछ । काममा केहि बाधा देखिन सक्छ । निर्णय लिँदा ध्यान दिनुहोला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
व्यापार व्यवसायमा केहि झमेला देखिन सक्छ । मेहनेतले सोचेको काम भने पुरा हुनेछ । खर्चमा केहि वृद्धि हुन सक्छ । प्रियजनसँगको भेटले मन हर्षमय रहन सक्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानो कामको लागी निकै मेहनेत गर्नुपर्ला । परिश्रमले लक्ष्यसम्म पु¥याउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुने योग छ । दाजुभाईविचको सम्बन्ध मजबुत हुनेछ । आम्दानिमा वृद्धि हुनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
बुद्धिले काम गर्नाले फाइदा हुने योग छ । सहयोगी भन्दा पनि इष्र्या गर्नेहरु बढि देखिन सक्छन् । महत्वपूर्ण कुराहरु गोप्य नै राख्नुहोला । अध्ययनमा राम्रो देखिएको छ । शिर्जनात्मक कामले प्रतिष्ठामा वृद्धि गर्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरायसी समस्या देखिन सक्छ, केहि सतर्क रहनुहोला । भविष्यको निम्ति महत्वपूर्ण निर्णय लिने योग छ । शिर्जनात्मक काममा मन जानेछ । अध्ययनमा खास्सै समय दिन सकिने छैन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थिति प्रतिकुल हुनेछ । निर्णय लिँदा सोचविचार गरेर मात्र लिनुहोला । वादविवादको झमेलामा फस्न सक्ने योग छ, बोलिव्यवहारमा ध्यान दिनुहोला । अरुको कुरा सुनेर झट्ट विश्वास नगुर्न होला ।

प्रकाशित : 23 November, 2018

प्रतिक्रिया दिनुहोस्