गृहकार्य नगरेको निहुमा परिवारका सदस्यबाटै बालकको हत्या

सहयात्रा टिभी

एजेन्सी । मंसिर–७, पुर्वी फ्रान्सिसी शहर मुलहाउसमा गृहकार्य नगरेको निहुँमा कुटपिट गरि ९ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले एक परिवारलाई पक्राउ गरेको छ । गृहकार्य गर्न अस्विकार गर्नासाथ कुचोको बिँडले कुटपिट गरि बालकको हत्या गरेको अभियोगमा प्रहरीले बिहिबार सो परिवारलाई पक्राउ गरेको हो ।

उक्त घटनामा मृत बालकको दाजु, दिदि र सौतेनी दिदि संलग्न रहेको बताइएको छ । बालकमाथि कुटपिट भइरहेको थाहा पाएको भन्दै घटनाकोबेला अनुपस्थित ति बालिकाकी आमालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

आइतवार विहान यसरी ति बालकको हत्या भएको थाहा पाएपछि शोकाकुल र आक्रोसित मुलहाउसका वासिन्दाले तिनीहरुको घरबाहिर विरोध प्रदर्शन गरेका थिए ।
लाशको पोष्टमार्टमपछि प्रहरीले परिवारका सदस्यहरुलाई शंकाको आधारमा पक्राउ गरेका हुन् । ति बालकका पैताला लगायत अन्य भागमा चोटका निसान रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 23 November, 2018

प्रतिक्रिया दिनुहोस्