केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री खुला

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–७, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंसिर १६ गतेदेखि साधारण शेयर (आईपिओ) बिक्री खुला हुने भएको छ । हाइड्रो पावर कम्पनीले १६ करोड ९० लाख ४७ हजार बराबरको १६ लाख ९० हजार ४७० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

यस अघि स्थानीय बासिन्दालाई शेयर विक्री गर्दा बिक्री नभएको २ लाख ४२ हजार १० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

सो मध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ ।

बाँकी रहेको १५ लाख ५५ हजार २ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा मंसिर १९ गतेदेखि ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रकाशित : 23 November, 2018

प्रतिक्रिया दिनुहोस्