केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–८,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वादविवादमा सकेसम्म अघि नबढेको राम्रो हुनेछ । बोलीबचनमा ध्यान दिनुहोला । आम्दानिमा वृद्धि हुनेछ । सोचेको काम बन्ने छ । साथीभाईहरुको साथ र सहयोग मिल्नेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय आफु अनुकुल रहनेछ । मेहनेतले दामका साथै नाम समेत कमाउने योग छ । अध्ययनको क्षेत्रबाट सकारात्मक नतिजा हात लाग्नेछ । लामो समयदेखि छुटेका साथीहरुसँगको भेटले मन हर्षमय हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा केहि बाधा देखिएपनि बुद्धिको प्रयोगले सफलता मिल्नेछ । नयाँ कामको थालनि गर्ने अवसर प्राप्त हुनेछ । अवसरका लागी भने निकै दौडधुप गर्नुपर्ला । प्रियजनको साथ मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिम्मेवारी थपिनुको साथै खर्चमा समेत वृद्धि हुनेछ । रमाइलो यात्राको अवसर जुट्नेछ । नयाँ साथी बनाउन सक्ने सम्भावना छ । मनमा शान्ति छाउनेछ । मिष्ठान्न भोजनको योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिस्थिति केहि प्रतिकुल देखिएको छ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ। यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारको लागी समय व्यतित गर्नुपर्ला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पों)
रोकिएका कामकाजहरु बन्नेछन् । आम्दानिमा वृद्धि हुनेछ । शुभचिन्तकहरुको साथ र सहयोगले सफलता मिल्नुको साथै लक्ष्यमा पुग्न सकिनेछ । वैदेशिक क्षेत्रबाट पनि राम्रो आम्दानि हुने योग छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय केहि प्रतिकुल हुने हुँदा केहि चुनौतिहरुको सामना गर्नुपर्ला । झुटा आरोप सहनु पर्ने अवस्था आइलाग्न सक्छ । धैर्यता नगुमाइ काम गर्नाले काममा भने सफल भइनेछ । अध्ययनमा खास्सै मन जाने देखिन्दैन् ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो हुने देखिन्छ। परिवारसँग घुमफिरमा दिन बिताउने योग छ । यात्राका क्रममा साथीभाईहरुसँग भेट होला । चिसोले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ, चिसोबाट बच्नुहोला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सोचेको काम पुरा हुनेछ । प्रतिष्ठित कामबाट नाम र दाम दुवै हात लाग्ने योग छ । शिर्जनात्मक काममा मन जानेछ । नयाँ साथी बनाउन सकिएला । गोप्य कुराहरुमा सतर्क रहनुहोला । विश्वास गरेका व्यक्तिबाट घात हुन सक्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गर्दा अप्ठ्यारा परिस्थिति समेत स्वतस् सुल्झनेछन्। काममा सफलता मिल्नेछ । धार्मिक यात्राको अवसर प्राप्त हुनेछ । मिष्ठान्न भोजनको योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। योजना गोप्य रहँदा नै फाइदा हुनेछ। नयाँ सम्बन्ध गाँसिने योग छ । सन्तानबाट सुख पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको बहकाउ र भौतिक साधनको कमीले अप्ठ्यारो पर्न सक्छ। मेहनेत गर्नाले काममा सफल भइनेछ । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । परिवारको साथ र सहयोग मिल्नेछ । दाजुभाईको सम्बन्ध कसिलो र मजबुत बन्दैजानेछ ।

प्रकाशित : 24 November, 2018

प्रतिक्रिया दिनुहोस्