महिला टी–२० विश्वकपमा अष्ट्रेलिया चौथोपटक च्याम्पियन

सहयात्रा टिभी

एजेन्सी । मंसिर–९, आइसीसी महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । वेष्टइन्डिजमा भएको छैटौँ संस्करणको फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया चौँथो पटक च्याम्पियन बनेको हो।

अष्ट्रेलियालाई चौथोपटक च्याम्पियन बनाउन अलराउण्ड प्रदर्शन गरेकी एस्लेइघ गार्डनरले बलिङमा ३ विकेट लिइन् भने ब्याटिङमा नटआउट ३३ रन बनाइन्। उनले २६ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरीन्।

यस्तै कप्तान मेग लानिङले नटआउट २८ रन जोडिन् भने विकेटकिपर एलिस्सा हेलीले २२ रन जोडिन्। इंग्ल्याण्डका लागि उत्कृष्ट बलिङ गरेकी सोफी इक्लेस्टोनले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन्।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया २ बल अगावै १०५ रनमा अलआउट भएको थियो। अष्ट्रियाका लागि एस्लेइघ गार्डनरले सर्वाधिक ३ विकेट लिइन्। यस्तै जर्जिया वारेहम र मेगन स्चुटले २-२ विकेट लिइन्।

गार्डनरले इंग्ल्याण्डका लागि दोहोरो अंक जोड्ने दुई खेलाडी ड्यानिएल वाएड र हेथर नाइट सहित एन्या स्रुबसोलेलाई आउट गरिन्। वाएटले सर्वाधिक ४३ रन बनाउँदा नाइटले २५ रन जोडिन्। गार्डेनरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएकी हुन्।

यस्तै ३ ओभर बलिङ गरेकी वारेहमले १३ रन खर्चेर २ विकेट लिइन्। स्चुटले ३।४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्।
सन् २००९ बाट सुरु भएको महिला टी(२० विश्वकपमा अष्ट्रेलियाले सन् २०१०, २०१२ र २०१४ मा गरी लगातार तीनपटक जितेको थियो।

प्रकाशित : 25 November, 2018

प्रतिक्रिया दिनुहोस्