चिसो मौसमा छालालाई कसरी बचाउने सोचिरहनु भएको छ ? अब अपनाउनुस यस्तो सजिलो घरेलु उपाय
काठमाण्डौं । मंसिर–१०, जाडो मौसमको सुरुवाती सँगै मानिसहरुमा अनेक समस्याहरु देखिन थाल्छन् । विभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने समय पनि यति बेला नै हो ।
यसका साथै छालामा देखिने समस्याले पनि मानिसहरु चिन्तित हुने गर्छन् यस समयमा । जाडो मौसममा चिसो हावा पानीका कारण छालामा अनेक समस्याहरु देखिन्छन् । चिसो हावा, साबुनको प्रयोग र तातो पानीको प्रयोगले छाला सुख्खा हुने, छाला फुट्ने, पोल्ने जस्ता समस्याहरु अधिकाशं मानिसहरुको समस्या हो ।
यसबाट बच्न मानिसहरुले अनेक उपायहरु अपनाइरहेका हुन्छन् । कतिपया मानिसहरुले जे गरेपनि छालाको समस्याबाट मुक्ति पाउन सकिरहेका हुँदैनन् ।
यसबाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ
–महको प्रयोग गर्ने,
महमा एन्टी अक्सिडेन्ट तत्वका साथै रोग निरोधी गुण हुन्छ ।त्यसैगरि महमा कयौ प्रकारका भिटामिन तथा खनिज पाइन्छ, जसले छालालाई नरम राख्न मद्दत गर्छ । त्यसैले चिसो मौसमा महलाई प्रकृतिक मोइस्चराइजरको रुपमा प्रयोग गर्न सकिन्छ ।
–एलोभेराको प्रयोग,
सुख्खा छालामा एलोभेरा निकै प्रभावकारी मानिन्छ । एलोभेराको मद्दतले चिसो मौसममा छालालाई नरम, मुलायम तथा जीवन्त बनाउन सकिन्छ । यसको प्रयोगले छालाको स्किन टोनमा समेत सुधार आउँछ ।
–शरिर ढाक्ने कपडाको प्रयोग,
जाडो मौसम सुरु भएदेखि नै छालालाई चिसोबाट बचाउन विभिन्न उपायहरुको अवलम्बन गर्नु पर्ने हुन्छ । त्यसका लागी छालालाई पुरै ढाक्ने कपडाहरु लगाउनु पर्ने हुन्छ । कपडाले शरिर ढाकेपछि चिसोले कम प्रभाव पारी छालाको सुरक्षा गर्न सकिन्छ ।
–नुहाउना साथ तेल अर्थात मोइस्चराइजरको प्रयोग गर्ने,
नुहउना साथै तेल अथवा मोइस्चराइजर लगाइहाल्ने । बाथरुममै तेल वा मोइस्चराइजर राख्ने बानी गर्नुस् र टाबेलले शरीर पुच्नेवित्तिकै लगाउनुस् । तेल वा मोइस्चराइजरले शरीरको हिटलाई कन्ट्रोल गरिदिन्छ, जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।
–नरिवलको तेल प्रयोग गर्ने,
छाला सुख्खा हुन नदिन नरिवलको तेल प्रभावकारी उपचार मानिन्छ । किनकी नरिवलमा फ्याटी एसिड, प्रोटिन तथा विटामिन ‘ई’ पाइन्छ, जसले छालालाई नरम बनाउन मद्दत गर्छ । यसबाहेक, नरिवरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ, जुन समग्र स्वास्थ्यको लागि लाभदायक मानिन्छ । यसको लागि नरिवल तेललाई हल्का तताएर नुहाउनु अघि शरीरमा लगाउनु पर्छ । र, विस्तारै मालिस गर्नुपर्छ । त्यसको दश मिनेट पछि स्नान गर्नुपर्छ । छाला धेरै सुख्खा भएमा नुहाए पश्चात्त पनि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।
–एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन राखेर नुहाउने गर्नाले छाला सुख्खा हुन पाउँदैन । नुनमा हुने सोडियम क्लोराइडले पानीको ताजापनलाई जोगाउन सहयोग गर्छ ।
–कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने ।
–जैतूनको तेल,
जैतूनमा भिटामिन लगायतका एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । छालाको सुख्खापन हटाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले जैतूनलाई पनि प्राकृतिक मोइस्चराइजर भनिन्छ । जैतूनलाई हल्का तातो बनाएर हात, खुट्टामा लगाइ मसाज गर्नु होस् र करिब आधा घण्टा पछि धुनुहोस् । यसो गर्नाले तपाईंको छाला मुलायम हुन्छ ।