केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामाजिक सुरक्षा दिवस नयाँ युगको सुरूआत : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–११, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन्। आज पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट नयाँ युगको सुरुआत भएको बताएका हुन् ।

सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताएका छन् । ‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सुरक्षा योजना शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। आज पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ।

प्रकाशित : 27 November, 2018

प्रतिक्रिया दिनुहोस्