ब्रा टेम्पल, जहाँ महिलाका वक्षस्थल र भित्री वस्त्रको पूजा गरिन्छ

सहयात्रा टिभी

एजेन्सी । मंसिर–११, जापानको ब्रा टेम्पल नामक एक मन्दिरमा महिलाका वक्षस्थल र भित्री वस्त्रहरुको पूजा गरिन्छ । जापानको इबारकीस्थित वाकायाम सहरमा रहेको मन्दिरमा देवताका मूर्ति नभएर जताततै महिलाका वक्षस्थलका आकृति राखिएको छ र सोहि आकृतिको पूजा गरिन्छ ।

उक्त मन्दिरमा वर माग्न जाँदा वक्षस्थलकै डमी चढाउँछन् । त्यस मन्दीरमा माहिलाहरुले स्त्रीरोग तथा प्रसुति र स्तन क्यान्सर बाट बच्नको लागी भाकल गर्ने गरेको पाईन्छ ।

सुरक्षित प्रसूति तथा स्तन क्यान्सरबाट बच्ने भाकल गर्दै महिलाहरु त्यहाँ पुगेर स्तनका मूर्तिहरुमा पूजा गर्दछन् । भाकल पूरा भएका महिलाहरु त्यहाँ पुनः आएर कपासबाट बनेका स्तनका आकृतिहरु चढाउँदछन् । त्यहाँ वर्षौंदेखि वक्षस्थल पूजाको प्रचलन रहेको छ ।

प्रकाशित : 27 November, 2018

प्रतिक्रिया दिनुहोस्