प्रदेश १ मा डिस होमको लोकप्रियता बढ्दो, केटाकेटीदेखि बुढाबुढीसम्मको रोजाइमा डिस होम

सहयात्रा टिभी

विराटनगर । मंसिर–११, प्रदेश नं. १ का शहरदेखि गाउँ गाउँसम्म पनि डिस होमको लोकप्रियता बढ्दै गएको देखिन्छ । पछिल्लो समय सरकारले एनालग केवल सञ्चालनमा बन्देज लगाएसँगै प्रदेश १ का शहरदेखि गाउँ गाउँसम्म पनि डिस होम जडान गर्नेहरुको संख्या बढ्दै गएको हो ।

गत श्रावण महिनादेखि सञ्चार मन्त्रालयले देशभरका एनालग केवलहरुमा धमाधम अनुगमन सहित बन्द गराउने कार्य थालेसँगै एनालगका ग्राहकहरुको विकल्प डिस होम बनेको देखिएको छ । गत श्रावण महिनामा सञ्चार मन्त्रालयबाट अनुगमनमा खटिएका टोलीले प्रदेश नं. १ मा पर्ने मोरङ, झापा, सुनसरी, तेह्रथुम, उदयपुर, धनकुटा, इलाम, खोटाङ, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, ताप्लेजुङ, भोजपुर लगायतका क्षेत्रमा छड्के अनुगमन गरी एनालग प्रविधिबाट सञ्चालित सवै केवल बन्द गराएको थियो ।

एनालग केवलको अनुगमन र स्वीच अफका कार्यहरुसँगै एनालग केवलहरुले सेटअप बक्स जडान गर्न थालेपछि सेटअप बक्स जडान गर्नु भन्दा डिश होम जोड्नु फाइदा देखेर मानिसहरु डिशहोम तर्फ आकर्षित भएका हुन ।

डिसहोममा केटाकेटिका लागी कार्टुन लगायतका मनोरञ्जनात्मक कार्यक्रमदेखि युवाहरुलाई खेलकुद, चलचित्र, टेलिश्रृयल त्यसैगरि वृद्धवृद्धाहरुको लागी लोक भाका तथा लोक दोहोरीसम्बन्धि कार्यक्रमहरु प्रशारण हुने गर्छ, जसले सबैलाई आकर्षित बनाएको छ ।

सबैका लागी उपयुक्त कार्यक्रम डिजिटल प्रविधि मार्फत विना समस्या हेर्न पाइने हुँदा घरमा डिस होम नै जडान गर्ने निर्णय लिएको डिस होमका ग्राहकहरुको भनाइछ । कतिपय परिवारमा केटाकेटीहरुको जिद्धिले पनि डिस होम नै जोडेको र जोडेपछि आफुलाई पनि डिस होम सहि लागेको बताइएको छ ।

केहि समय पहिले मात्र सिम्पल मिडिया नेटवर्क प्रा.लि खरिद गर्ने सम्झौता गरेको डिश मिडिया नेटवर्क लिमिटेडले हाल १ सय ५० भन्दा बढि च्यानलहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । २०७४ असार १८ गतेवाट पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको डिश होमले चाँडै नै सर्वसाधारणहरुका लागी शेयर समेत जारी गर्ने तयारी गरिरहेकोे छ ।

नयाँ प्रविधिको प्रयोगसँगै आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेशनमा र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कको लक्ष्य हो । २०२० सम्ममा सम्पूर्ण नेपालीहरुका घरघरमा डिश होम पु¥याउने उद्देश्यअनुसार काम भइरहेको डिश होम सञ्चालकहरुको भनाई छ ।

प्रकाशित : 27 November, 2018

प्रतिक्रिया दिनुहोस्