आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१२,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम पुरा गर्न निकै मेहनेत र बुद्धि लगाउनु पर्ने छ । जिम्मेवारी बढ्नुको साथै काममा केहि बाधा व्यवधान पनि देखा पर्न सक्छ । खर्चमा वृद्धि हुनेछ । साचेका सबै काम पुरा नहुँदा मन खिन्न हुनसक्छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरुले वेवास्ता गर्दा दुख पाइन सक्छ । पारिवारिक झमेलामा पर्न सकिएला । काम दोहो¥याएर गर्नु पर्ने अवस्था आउन सक्छ । निर्णय लिँदा केहि गम्भिर भएर सोच्नु पर्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थिति केहि प्रतिकुल रहे पनि खास्सै प्रभाव भने पर्ने छैन् । आम्दानिमा वृद्धि हुनेछ । साथीभाईहरुसँग भेटघाट हुनेछ । परिवारमा केहि असमझदारी हुने छ । हतारमा गरेको काम बिग्रन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
लाभ हुने कामको जिम्मेवारी सम्हाल्नु पर्ने देखिन्छ । प्रिय व्यक्तिसँगको भेटघाटले मनमा हर्ष जगाउनेछ । रमाइलो यात्राको अवसर प्राप्त होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जबरजस्ति गरिएका कामहरु बिग्रन सक्छन् भने पहिले गरेका कामहरु पुन दोहो¥याएर गर्नुपर्ला । अध्ययनमा सन्तोषजनक नजिता हात लाग्नेछ । परिवारबाट साथ पाइनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा आम्दानि बढ्नेछ । नोकरीमा पदोन्नती हुन सक्छ । सन्तानको सफलतामा खुसी हुन पाउने अवसर प्राप्त होला । शिर्जनात्मक काममा मन जानेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारा परिस्थितिलाई सुल्झाउन सकिनेछ। अरूको स्वार्थमा उपयोग भइने समय रहेकाले सजग रहनुहोला । रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
। स्वास्थ्यमा पनि कमजोरी देखापर्नेछ। अर्थ उपार्जनमा कमी आए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। आतिथ्यपूर्ण सम्मान प्राप्त भए पनि खर्चको मात्रा बढ्नेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित होला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ।व्यापार र उद्योगमा फाइदा हुनेछ।आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँटले चिताएको काम सम्पादन हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। आफन्तको साथ प्राप्त हुनेछ।

प्रकाशित : 28 November, 2018

प्रतिक्रिया दिनुहोस्