आफ्नै पिसाब बेचेर लाखौँ कमाउँछिन एक युवती

सहयात्रा टिभी

एजेन्सी । मंसिर–१२, अमेरिकाको फ्लोरिडामा एक युवती आफ्नो पिसाब बेचेर नै आखौँ कमाइ गर्छिन । उनको पिसाब किन्नेहरुको उनीकहाँ भिड नै लाग्ने गर्छ । पिसाव किन्न आउनेमा अधिकांश महिला तथा युवतीहरु नै भएको पाइन्छ ।

ती युवतीले दुई वर्ष पहिले अनलाइनमा एक विज्ञापन दिइन् आफ्नो पिसाब बिक्रि समबन्धमा । आफु ३ महिनाको गर्भवती रहेको हुँदा प्रेग्नेन्सी परीक्षणका साथै पिसाबलाई कुनै विशेष काममा प्रयोग गर्न चाहनेले आफ्नो पिसाब खरीद गर्न सक्ने कुरा उनले विज्ञापनमा उल्लेख गरेकी थिइन् ।

खासगरी ती गर्भवती युवतीको पिसाबलाई अन्य युवतीले आफ्नो प्रेमीलाई ब्लाकमेल गर्नमा प्रयोग गर्दा रहेछन् । बिहे गर्ने बचन दिएर यौन सम्पर्क गर्ने तर पछि बिहे नगर्ने भनेर तर्किने प्रेमीहरुलाई आफु गर्भवती भैसकेको भनेर तर्साउनका लागि उनीहरुले किनेको पिसाबबाट प्रेग्नेन्सी टेस्ट गरी पोजिटिभ रिजल्ट प्रेमीहरुलाई देखाउने रहेछन् ।

पछि एक समाचार च्यानलले स्टिङ्ग अपरेसन गरी त्यो पिसाब बिक्रिको यथार्थ कथा बाहिर ल्याइदियो । त्यतिबेला उनले पिसाब बेचेर दिनमै २० हजार रुपैयाँ बराबरको रकम कमाउँथिन् । तर जब सञ्चार माध्यममा समाचार आयो तब विज्ञापन साइटले पिसाब बिक्रिको त्यो विज्ञापन हटाएको थियो । त्यसपछि उनको पिसाब बेच्ने धन्दा बन्द भयो ।

प्रकाशित : 28 November, 2018

प्रतिक्रिया दिनुहोस्