केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्व गाविस उपाध्यक्ष मृत फेला

सहयात्रा टिभी

दमौली । मंसिर–१३, तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला परेका छन् । एक हप्तादेखि बेपत्ता उनी बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।

नेपाली काङ्ग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत रहेका ६६ वर्षीय आले मङ्सिर ५ गतेदेखि बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गरे पनि फेला पर्न सकेका थिएनन् ।स्थानीयवासीले साँझ जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणको लागि दमौली अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 29 November, 2018

प्रतिक्रिया दिनुहोस्