आफ्नै शरीरमा आगो लगाई बालीकाले गरिन आत्महत्या

सहयात्रा टिभी

राजविराज । मंसिर–१३, सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक बालिकाको आज मृत्यु भएको छ ।
स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरीले आफैँलाई आगो लगाएर आत्महत्या गरेकी हुन् ।

आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास गरेकी थिइन् ।

आगोबाट अञ्जनीको शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

प्रकाशित : 29 November, 2018

प्रतिक्रिया दिनुहोस्