उपत्यकाका सवारीमा लागू जोर बिजोर प्रणाली हट्यो

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१४, सरकारले काठमाण्डौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ।

महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ।

यसअघि महाशाखाले मंसिर १३ देखि १६ सम्म उपत्यकामा जोर बिजोर नियम लागू गरेको थियो।

मङ्सिर १३ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना गरिएको एशिया प्रशान्त सम्मेलनमा भागलिन विभिन्न देशका सरकार प्रमुखहरुको आगमनका समय ट्राफिक व्यवस्थालाई सहज गर्न सो प्रणाली लागू गरिएकोमा सरकारको चौतर्फी आलोचना भएको थियो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले सम्मेलनका लागि लगाइएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए ।

प्रकाशित : 30 November, 2018

प्रतिक्रिया दिनुहोस्