आजको राशिफल
काठमाण्डौं । मंसिर–१५,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मिहिनेत गर्दा अप्ठ्यारा परिस्थिति सुल्झाउन पनि सफल भइनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। परिवारको लागी समय निकाल्नु पर्ला । रमाइलो यात्राको अवसर प्राप्त हुनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
योजनाहरू गोप्य राख्नुहोला, मिहिनेतले प्रतिफल दिलाउनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। प्रिय व्यक्तिसँग भेट हुने योग छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधनको कमीले पनि अप्ठ्यारो पर्न सक्छ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। परिस्थिति केही असहज बन्न सक्छ। बोली-व्यवहारमा सजग रहनुहोला।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
स्रोत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। विभिन्न कामका अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
वादविवादबाट टाढै बस्नुहोला, खानपानमा पनि सजग रहनुहोला। परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मात्र फाइदा हुनेछ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। लाभ हुने काम प्रारम्भ हुन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्वास्थ्यमा बाधा र फजुल खर्च बढ्नाले केही समस्या देखापर्न सक्छ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा चुनौती देखिए पनि आयस्रोत बढाउन सकिनेछ। नयाँ काम सुरु हुनेछ। लगनशीलताले सामाजिक प्रतिष्ठा दिलाउनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ।अर्थ उपार्जनमा कमी आए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्।खर्चको मात्रा बढ्नेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ।झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ।चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
नाम र दाम हातलागी हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ ।