समुन्द्रको किनारमा रहेको महलजस्तो जेलमा एक मात्र कैदी
एजेन्सी । मंसिर–१६, भारतको गुजरात राज्यमा समुन्द्रको किनारमा रहेको आलिशान बिल्डिङमा रहेको एक जेल हाल निकै चर्चामा रहेको छ । केन्द्र शासित प्रदेशको रुपमा रहेको दीवको भव्य जेलमा हाल एक मात्र कैदी भएका कारण उक्त जेल चर्चामा रहेको हो ।
४७५ बर्ष पुरानो यो जेलमा दीपक कांजी नाम गरेका एक मात्र कैदी रहने गरेका छन्। यस जेलमा दीपकको सुरक्षामा ५ प्रहरी र एक जेलरको व्यवस्था गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
सन् २०१३ मा यो जेललाई बन्द गर्ने घोषणा गरिएको भएपनि केहि बर्षअगाडी यो जेललाई फेरी खोलियो र ७ कैदीलाई राखिएको थियो।
यसैबीच ४ कैदीलाई अन्य ठाउमा सरुवा गरियो भने २ कैदीले आफ्नो अवधि पुरा गरेर जाँदा अहिले एक कैदी मात्र रहेका छन्।
जेलमा रहेका दीपक अहिले २० जना बस्न मिल्ने ब्यारेकमा एक्लै बसिरहेका छन् भने उनको खाना नजिकको रेस्टुरेन्टबाट आउने बताइएको छ। जेल भित्र दीपकलाई केहि घण्टा टेलिभिजन र गुजराती पत्रिका तथा म्यागजिनको व्यवस्था गरिएको छ। दिपकलाई दिनमा एक पटक प्रहरीले जेल बाहिर घुमाउने गरेको बताइएको छ।