ला लिगा : रियल मड्रिडद्धारा भ्यालेन्सिया २–० ले पराजीत

एजेन्सी । मंसिर–१६, स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ। रियलका लागि घरेलु मैलानमा लुकास भजक्वेजले एक गोल गरे। भ्यालेन्सियाका ड्यानिएल वासले एक आत्मघाती गोल गरे।
जितपछि रियलले अंक तालिकामा एक स्थान सुधार गरेको छ भने शीर्ष स्थानको सेभियासँग दूरी ३ मा झारेको छ।
१४ खेलबाट २३ अंक जोडेको रियल पाँचौ स्थानमा उक्लेको हो। एक खेल कम खेलेको सेभिया २६ अंकसहित पहिलो र बार्सिलोना २५ अंकसहित दोस्रो स्थानमा छ।
यस्तै एट्लेटिको मड्रिड २४ अंकका साथ तेस्रोमा छ भने २३ अंक रहेको अलाभेज रियल भन्दा गोलन्तरमा अगाडी छ।