आजको राशिफल
काठमाण्डौं । मंसिर–१८,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिगो फाइदा हुने कामको थालनि गर्न सकिनेछ । साथीभाईको सहयोगबाट काममा सफल भइनेछ । पारिवारिक जमघटमा सामेल हुन पाइने अवसर छ । शिक्षा क्षेत्रमा राम्रोे नजिता हात लाग्नेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
व्यापार व्यवसायमा फाइदा हुनेछ । मेहनेतले धेरै काम गर्न सकिनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । शिर्जनात्मक कामबाट प्रतिष्ठामा वृद्धि हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्दै जानेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति केहि प्रतिकुल रहेपनि साँझ सम्ममा सामान्य हुनेछ । पारिवारिक असमझदारीले मनमा खिन्नता उत्पन्न हुनेछ । सोचेको काम मेहनेतले पुरा गर्न सकिनेछ । शुभचिन्तकहरुको साथ पाइनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर लाभ उठाउने समय छ। अध्ययनमा खास्सै समय दिन नसकिए पनि नतिजा सन्तोकजनक नै देखिएको छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। मिहिनेतले गुमेको प्रतिष्ठा दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। सन्तानबाट खुसीको खबर सुन्न पाइनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
कामका लागी विभिन्न अवसरहरु प्राप्त हुनेछन् । स्वास्थ्यमा समस्या देखिन सक्छ, सतर्क हरनुहोला । टाढिएका आफन्त तथा मित्रहरुसँगको भेटले मन प्रफुल्लित बनाउनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिवश अर्थ अभाव देखापर्नाले चिताएको काममा बाधा पुग्नेछ। खर्चमा वृद्धि हुनेछ । साथीभाईहरुसँग भेटघाट हुनुको साथै मिष्ठान्न भोजनको योग छ । अध्ययनमा समय दिन नसकिएला ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सन्तानको प्रगतिमा सामेल हुन पाइएला । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुने देखिएको छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राजनीति तथा नोकरीमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मौसमको कारणले स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, चिसो र खानपानमा ध्यान दिनुहोला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
जति काम गरे पनि जस नपाइने योग छ । काममा बाधाहरु देखिन सक्छन् । इष्र्या गर्नेहरु बढ्नेछन् । अनावश्यक खर्च बढ्नाले आर्थिक समस्या उत्पन्न हुन सक्छ । कामको शिलशिलामा यात्रा गर्न पाउने योग छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशिलताले अवसरहरु दिलाउनेछ । स्वास्थ्यमा केहि कमजोरिहरु देखिनेछन् । मेहनेतले चिताएको काम भने पुरा गर्न सकिनेछ । समस्या दर्शाउँदा साथीभाईहरुको साथ र सहयोग मिल्नेछ ।