१२ वर्षीया बालिकाले गराइन आफ्नी आमाको सुत्केरी
एजेन्सी । मंसिर–१८, गत वर्ष अमेरीकामा एक रोचक घटना भएको कुरा सार्वजनिक भएको छ । वास्तममा धेरै बालबालिकाहरु सानो छँदा नै आफ्ना भाइबहिनी जन्मने हुँदा धेरैलाई आमा सुत्केरी हुँदाको अवस्था थाहा हुँदैन ।
यदि आमा सुत्केरी भएको थाहा पाउने भइसकेको बालबालिका भए पनि उसलाई त्यस समय आमाबाट टाढा राखिन्छ । तर अमेरिकामा भने निकै अनौठो घटना भएको छ ।
अमेरिकाको मिसिसिपी प्रान्तको ज्याक्सन सहरकी एक १२ वर्षीया बच्चीले सक्रियता पुर्वक आमाको सुत्केरी गराएकी छन् । जेसी डेल्लेपेना नामकी ति बच्ची अपरेसन थिएटरमै गएर आमाको सुत्केरी सक्रियताका साथ सम्पन्न गराएकी हुन् ।
आफ्नो कम उमेरका कारण आमाको प्रसव पीडा र भाइको जन्म हेर्न नपाउने भएपछि उदास भएकी जेसीलाई देखेर डाक्टरले अपरेसन थिएटरमा जान स्वीकृति दिए । सल्यक्रिय कक्षमा जेसीले डाक्टरको निगरानीमा आफ्नो भाइको जन्म गराइन् र नालसमेत आफैँले काटिन् ।
भाईलाई आमाले जन्माउदा सक्रिय भएको जेसीको तस्विरहरु जेसीको परिवारका निकट व्यक्ति निक्की स्मिथ नामका व्यक्तिले फेसबुकम सेयर गरिदिएका थिए ।